दफा ४७
गुठी जग्गाको नाप–जाँच सम्बन्धमा
(१) गुठी जग्गाको नाप–जाँच गर्दा सम्बन्धित अधिकारीले सो गर्न अगावै सो कुराको सूचना संस्थानको कार्यालयमा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थानलाई सूचना नदिएमा त्यस्तो अधिकारीलाई निजको सेवा–शर्तसम्बन्धी प्रचलित कानुनबमोजिम विभागीय कारवाई गरिनेछ ।